२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कैलालीमा विप्लवको प्रदर्शन : यस्तो छ माग

कैलाली- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा धनगढीको क्याम्पस रोडमा विरोध प्रदर्शन गरेका छन् ।

एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै अखिल क्रान्तिकारी कैलाली,युवा संगठन कैलाली र स्वतन्त्र विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । एमसीसीको पक्ष र विपक्षमा संसदमा बहस भईरहँदा देशभक्त युवा, विद्यार्थी, सामाजिक अभियान्ता र विभिन्न पार्टीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

उनीहरुले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हितविपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको चर्को विरोध गरेका थिए । विरोधमा उत्रिएका युवा, विद्यार्थी सामाजिक अभियान्ताहरुले एमसीसी खारेज गर्न सरकार विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुवास जोशी, युवा सचिव विक्की ओझा लगायतले बोलेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार ९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP