२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

आईसीसी टी–२० महिला विश्वकप क्रिकेट : अस्ट्रेलियालाई रोक्न सक्ला भारत ?

पहिलो पटक आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको भारत घरेलु टोली अस्ट्रेलियासँग उपाधिका लागि खेल्दैछ ।

मेलबर्न क्रिकेट मैदानमा आज हुने खेल नेपाली समय अनुसार पौने १ बजे हुनेछ । विश्वकप उपाधि ४ पटक उचालेको अस्ट्रेलिया पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

भारतविरुद्ध मैदान उत्रदा अस्ट्रेलिया उपाधि घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यता, भारत घरेलु टोलीलाई स्तब्ध पार्दै एतिहासिक उपलब्धि हात पार्ने योजनामा छ ।

सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनको झिनो रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ । समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

यी दुई टीमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो । समूह चरणमा भारतले अस्ट्रेलियालाई १७ रनले हराएको थियो ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७६ फाल्गुन २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP