२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

कैलालीमा जीपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु

प्रकाश बम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा सवारी दुर्घटना भएको छ । मोटरसाईकल र जीप एक आपसमा ठोक्किदा सडक दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृतक मोटरसाईकल चालक रहेका छन् । मृतक मोटरसाईकल चालकको खल्तीमा जोशीपुर गाउँपालिका २ कैलालीका गम्भीर कोटकेनीको मतदाता परिचय पत्र फेला परेको छ । मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन् । उनी सोही विद्यालयका सञ्चालक समेत रहेका थिए ।

विद्यालयबाट निस्किएर घर जाने वेला विद्यालयभन्दा दुई सय मिटर टाढा सडक दुर्घटना भएको हो । हाल उनी लालपुरमा वस्दै आएका थिए । वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदां से ४ प ७३९८ नम्बरको मोटरसाईकलमा सवार कोटकेनीको घटनास्थलमै मृत्यु भएको स्थानीय भरत विक्रम शाहले जानकारी दिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेको छ ।

जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ असार ३

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP