२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

नेपालका ७ जिल्ला कोरोना कोरोनामुक्त (नाम सहित)

छिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ हजार २३५ पुगेको छ। यीमध्ये ३६५ जना संक्रमणबाट मुक्त भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ।

भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ। ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन्।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् ।

प्रदेश २ का सबै आठवटै जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ।

बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवामा मात्र संक्रमण देखिएको छैन।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा कोरोना संक्रमण देखिएको छैन।

प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पा बाँकी छ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।

सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP