२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

डोटीमा सुत्केरी महिलाको मृत्यु

डोटी- डोटीमा सुत्केरी भएको तीन दिन पछि महिलाको मृत्यु भएको छ । के.आई.सिंह गाउँपालिका वडा नं. ४ बगरकी २९ वर्षीया नारु कार्कीको आइतबार बिहान मृत्यु भएको हो ।

मृतक महिलाले ३ दिन अघि शल्यक्रिया मार्फत छोरी जन्माएकी थिइन् । बेथा लागेपछि उनलाई दुर्गामाण्डौं स्वास्थ्यचौकी लगिएको थियो । स्वास्थ्य चौकीमा ८ घण्टा सम्म राख्दा लामो बेथा मात्रै लागेकोले सहज रुपमा बच्चा जन्माउन नसकेपछि शल्यक्रियाका लागि सुजङ्ग अस्पताल रिफर गरिएको दुर्गामाण्डौं स्वास्थ्यचौकी एएनएम मिना पाण्डेले बताइन् ।

शुक्रबार अप्रेसन गरिएकी महिलाको शनिबार सम्म स्वास्थ्य अवस्था सामान्य रहेको तर जण्डिस र टाइफाइडको समस्या देखिएको अस्पालले जनाएको छ । शनिबार उनलाई थोरै हिडडुल समेत गराइएको थियो ।
आइबार बिहान साढे चार बजे एक्कासी बान्ता गर्दा ¥याल सर्किएर स्वास नलिमा पस्दा स्वास फेर्न गाह्रो भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । स्वासमा समस्या देखिएपछि अक्सिजन तथा वाफ समेत दिईएको थियो । स्वास्थ्यमा सुधार नभए पछि उनलाई थप उपचारका लागि बाहिर पठाउने तयारी हुँदा मृत्यु भएको थियो । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालले स्वास्थ्य समस्याबारे आफुहरुलाई पहिलै जानकारी दिएको बताउँदै मृतकका जेठाजु पदम कार्कीले आर्थिक अभावका कारण बाहिर लगेर उपचार गर्न सक्ने अवस्था नभए पछि यतै अप्रेसन गरिएको बताए । उनले बिरामीको उपचारका लागि अस्पतालले सक्दो प्रयास र हेरचाह गरेको बताए ।

मृतक कार्कीको शव दाहसंस्कारका लागि गाउँ लगिएको छ । शवको स्वाब संकल गरेर कोरोना परिक्षणका लागि पठाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । अस्पतालले यस अघि मृतक सुत्केरीको आरडिटी परिक्षण गरेकोमा रिपोर्ट नेगेटिभ आएको थियो ।

यस अघि सोही अस्पतालमा उनकी जेठानीले समेत अप्रेसन मार्फत बच्चा जनमाएकी थिइन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP