२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

कञ्चनपुर र अछामबाट फैसला कार्यान्वयनका क्रममा पाँच जना पक्राउ

कञ्चनपुर र अछामबाट फैसला कार्यान्वयनका क्रममा पाँच जना पक्राउ

कञ्चनपुर – अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार वन्यजन्तु तथा अवैध शिकार मुद्दामा जिल्ला अदालत कञ्चनपुरको फैसलाले जनही २१ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५ देखतभुलीका ३९ वर्षीय श्याम कुमार राना, ४० वर्षीय जङ्गबहादुर राना र ४१ वर्षीय राम साहेब राना पक्राउ परेका छन्।

यस्तै, चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१ राजिपुरका २५ वर्षीय पंकज मिस्त्री पनि पक्राउ परेका छन्।

अछामबाट पनि एक जना पक्राउ

अछाम – जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएका बान्नीगढी जयगढ गाउँपालिका–२ जनालिकोटका नबिन राज उपाध्याय पक्राउ परेका छन्।

उनलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण ३०

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP