२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम – मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब ११ः३० बजे मंगलसेन नगरपालिका–३ लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो।

बोगटीको उपचारका क्रममा शनिबार दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण ३०

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP