२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ

धनगढी – सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले दाबी पेस गरेका छन्। भट्टलाई नेकपा एमालेले समर्थन गरेको छ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसीमाभित्रै भट्टले एमालेको समर्थनसहित दाबी पेस गरेका हुन्।

भट्टलाई आजै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरी दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

भट्ट मुख्यमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरणसमेत परिवर्तन हुनेछ। नयाँ सरकारले प्रदेशको विकास, बजेट कार्यान्वयन तथा जनचासोका विषयलाई कसरी अघि बढाउँछ भन्नेमा अब ध्यान केन्द्रित हुनेछ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ श्रावण २९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP