२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आज औपचारिक छलफल हुने

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, आज औपचारिक छलफल हुने

धनगढी – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवालको नेतृत्वमा सरकारी टोली धनगढी पुगेको छ।

टोलीमा शिक्षा सचिव चूडामणि पौडेलस्वास्थ्य सचिवसमेत सहभागी छन्। टोलीले शनिबार डा. केसीसँग अनौपचारिक भेटवार्ता गरेको थियो भने औपचारिक वार्ता आज हुने तय गरिएको छ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार वार्ताको परिणाम सरकारले डा. केसीका मागलाई कति गम्भीरतापूर्वक सम्बोधन गर्छ भन्ने विषयमा निर्भर रहने छ।

सातबुँदे मागसहित २४औँ अनशन

डा. केसीले बिहीबारदेखि धनगढीमा २४औँ आमरण अनशन सुरु गरेका हुन्।

उनले सातबुँदे माग अघि सार्दै सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा सुधार गर्न आग्रह गरेका छन्। डा. केसीले आफ्ना मागबाट पछि नहट्ने स्पष्ट पारिसकेका छन्।

वार्ताबाट समाधानको अपेक्षा

सरकार र डा. केसीबीच हुने औपचारिक वार्ताबाट सहमति जुट्ने अपेक्षा गरिएको छ। दुवै पक्षबीचको छलफलले अनशनको भविष्य र माग सम्बोधनको दिशाबारे स्पष्टता आउने विश्वास गरिएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८३ श्रावण १०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP