२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

सुदूरपश्चिमका स्वास्थ्य मुद्दा उठाउँदै डा. गोविन्द केसी धनगढीमा अनशनमा

सुदूरपश्चिमका स्वास्थ्य मुद्दा उठाउँदै डा. गोविन्द केसी धनगढीमा अनशनमा

धनगढी – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सुदूरपश्चिमका स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी माग अघि सार्दै कैलालीको धनगढीमा बिहीबारदेखि आमरण अनशन सुरु गरेका छन्।

डा. केसीले धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे माग राख्दै अनशन सुरु गरेका हुन्।

गेटास्थित विश्वविद्यालय प्रमुख एजेन्डा

डा. केसीका मुख्य मागमध्ये कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउने विषय प्रमुख रूपमा रहेको छ।

उनले आवश्यक दरबन्दीसहित ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न, चालु शैक्षिक सत्रभित्रै एमबीबीएससहित चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तथा विश्वविद्यालयमा स्वार्थ बाझिने गरी गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति तत्काल बदर गर्न माग गरेका छन्।

स्वास्थ्य सेवा सुधारको माग

डा. केसीले सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएका विगतका सहमति कार्यान्वयन गर्न तथा सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।

उनको अनशनले विशेषगरी सुदूरपश्चिममा स्वास्थ्य पूर्वाधार विस्तार, चिकित्सा शिक्षा र गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई पुनः राष्ट्रिय बहसमा ल्याएको छ।

यसअघि पनि डा. केसीले सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षामा सुधार तथा सर्वसाधारणको सहज स्वास्थ्य सेवाका लागि पटक–पटक सत्याग्रह गर्दै आएका छन्।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८३ श्रावण ९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP