दिपायल – दिलपेश्वर माध्यमिक विद्यालय दिपायलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोशन कठायत चयन भएका छन् । मंगलबार समन्न अभिभावक भेलाबाट कठायतको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।
कठायत यस अघिको कार्यकालमा पनि समितिको अध्यक्ष रहेका थिए ।
भेलाबाट कार्यसमितिको सदस्य सचिवमा प्रधानाध्यापक दीर्घ बहादुर कठायत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा काली देवी लुहर, माेहन पनेरू, जानकी भुल, तुलसी माझी, सुरेश नेगी, केशा ताम्राकार, हरिप्रसाद पनेरु चयन भएका छन् ।
अघिल्लो कार्यकालमा अधूरा रहेका निर्माण कार्यलाई विशेष महत्व दिएर काम गर्ने अध्यक्ष कठायतले बताए । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि अघिल्लो कार्यकालमा विभिन्न कार्ययोजनाहरु अघि सारेको थिए,” उनले भने,” ती अधूरा योजनाहरूलाई प्राथमिकता दिएर विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा विशेष पहल गर्ने योजना बनाएको छु । जसमा स्थानीय अभिभावक र शिक्षकहरुको सहयोग रहने भन्ने विश्वास गरेको छु ।”
जम्मा ११ सदस्यीय कार्यसमिति रहेन उक्त समितिमा २ जना सदस्य उद्योग वाणिज्य संघबाट छनोट हुने छन् । कार्यसमिति सदस्य चयनका लागि उद्योग वाणिज्य संघलाई परिपत्र गरिएको अध्यक्ष कठायतले बताए ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...