२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

एसईईको नतिजा ९० दिनभित्रै प्रकाशन गरिने

काठमाडौं- चैत ७ गतेबाट सुरु हुने एसईईको नतिजा ९० दिनभित्रै प्रकाशन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डलले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ ।

बोर्डले यस वर्ष एसईई सुरु नहुँदै नतिजा निकाल्ने मिति तोकेको हो । नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा देशभरका ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् । एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् ।

यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । कारागारका २५ , सुधारकेन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी एसईई दिँदै छन् ।

सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ३९ हजार ६ सय विद्यार्थीले एसईई दिँदै छन् भने सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।

सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७०लाख रकम छुट्याउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ । परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ चैत्र ५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP