
डोटी । आजको युगका विद्यार्थीहरु प्रेणणाको श्रोत बन्नुपर्ने र प्रविधि मैत्रि शिक्षा बनाउन सबैले हातेमालो गर्नु पर्ने जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण बहादुर सिंह बताए ।
डोटीको सायल गाउँपालिका २ लुसाकोटमा रहेको भवानी माध्यमिक बिद्यालयको ६४ बार्षिक उत्सब तथा अभिभावक दिवशमा प्रमुख अतिथि रहनु भएका सिंहले उक्त कुरा बताएका हुन । उनले कालिदास र सरस्वतीको उदाहरण दिदै हरेक विद्यार्थी मिहिनेत गरे निम्न आय आर्जन भएका विद्यार्थीहरुले समेत देशमा आफ्नो नाम चम्काउन सक्ने धारणा ब्यक्त गरे ।
सिंहले भने ‘बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिकालागि अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने भन्दै आफ्नो बालबालिकाहरुले पढे नपढेको र उसको प्रगती बारे बिद्यालय प्रशासनमा गएर रचनात्मक सुझाव दिन अनुरोध गर्नु भयो । आफ्नो बच्चाले स्कुलमा के गरिरहेको छ ? पढेको छ कि छैन भन्ने निरन्तर जिज्ञासा् राख्न अभिभावकलाई सुझाव दिदै राम्रो कुरा प्रचार गर्नु तर नराम्रो कुरा संस्थामै आएर झक्झक्याउन अनुरोध गर्नुभयो । त्यसैगरी आफ्नो बच्चाले नपढेको, कमजोर भएको र पढ्ने बानी नभएको भन्दै कुटेर, पिटेर दण्डित गर्न नहुने धारणा राख्नु राख्दै बरु सम्झाएर माया गरेर फकाउनु पर्ने मा जोड दिनु भयो ।’
६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमामा बिद्यालय प्रअ खड्क बहादुर सिंहले स्थापना कालदेखि सहयोग गर्ने ब्यक्तिहरुलाइ धन्यवाद ज्ञपन गर्नुभयो। उनले बिद्यालयले शैक्षिक गुणस्तर सुधार हुँदै गएको र अझै धेरै मिहेनत गरि २१ औं सताब्दी सुहाउदो अनुसन्धान मुलक शिक्षामा जोड दिने बताए ।
उक्त कार्यक्रमामा बिध्यालयले विभिन्न बिधामा उत्कृष्ट शिक्षक, कर्मचारी छान्दै मायाको चिनो प्रदान गरिएको थियो । त्यसै क्रममा (तह अनुसार) उत्कृष्ट विद्यार्थीहरु पुरस्कार बितरण गरिएको थियो।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...