२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

यस्तो बन्यो ‘छक्का पन्जा ५’को ट्रेलर

काठमाडौं– ‘छक्का पन्जा ५’को ट्रेलर रिलिज भएको छ। असोजको २४ गते रिलिज हुने सिनेमाको ट्रेलरले सिनेमा कमेडी, राजनीतिक बिषयवस्तु र पारिवारको वरीपरी घुमेको देखाएको छ।

हिजो साझ रिलिज भएको ट्रेलरले हालसम्म दीपाश्री निरौला निर्देशित सिनेमामा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्माको अभिनय छ।

सिनेमाको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन् भने संवादमा उनले केदार प्रसाद घिमिरे र दिलिप तामाङसँग सहलेखन गरेका छन्। सिनेमामा हरि हुमागाँइको डीओपी रहेको फिल्ममा उत्तम हुमागाँइको छायांकन छ।

विपिन मल्लको सम्पादन रहेको सिनेमामा गम्भिर बिष्ट र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा शम्भुजित बाँस्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ आश्विन २०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP