२०८२ चैत्र ३, मंगलवार
March 17, 2026, Tuesday

गलत सूचना दिनेले माफि माग्नुपर्छ : रुपन्देही कांग्रेस

नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेलाई कोरोना संक्रमित बिरामीका आफन्त र परिवार संग सार्बजनिक माफि माग्न भनेको छ ।

रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणद्वारा हस्तारक्षित बिज्ञप्तीमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भयो भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानविय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवार संग सार्बजनिक रुपमा माफि माग्नु पर्ने बताउनु भएको हो ।

भेन्टिलेटरको सहायतामा रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ , साथै निजको पुन कोरोना ( स्वाब) परिक्षण गराउन माग गरेको छ ।

Related News

डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
  • २०७७ जेष्ठ ७

दिपायल – डोटीमा जीप दुर्घटनामा परी चार जना यात्रु घाइते...

TOP