२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

गिनीज बुक वर्ल्ड रेकर्डमा चिरञ्जीवीको नाम दर्ता

दक्षिण भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनीज वर्ल्ड रेकर्डमा दर्ता भएको छ।

उनलाई भारतीय फिल्म क्षेत्रको सबैभन्दा सफल स्टारको अवार्डबाट सम्मानित गरिएको हो। यो अवार्ड उनलाई बलिउड अभिनेता आमिर खानले हस्तान्तरण गरेका हुन्।

चिरञ्जीवीको तारिफ गर्दै आमिर खानले भने, ‘यहाँ आउनु मेरो खुशी र सम्मानको कुरा हो। म चिरञ्जीवी गुरुको प्रशंसक हेरेर खुशी छु। किनकी म पनि उहाँको ठूलो प्रशंसक हुँ।’

चिरञ्जीवीले ४५ वर्षको करियरमा १५६ फिल्मको ५३७ गीतमा २४, ००० डान्स स्टेप गरेका छन्। उनले सन् १९७९ मा ‘पुनधिरल्लु’ बाट आफ्नो फिल्मी करियर सुरूवात गरेका थिए।

उनी पछिल्लो समय सन् २०२३ मा ‘भोला शंकर’ मा देखिएका थिए। अब उनी ‘विश्वभरा’ मा देखिनेछन्। यो फिल्म सन् २०२५ मा सिनेमाहलमा रिलिज हुनेछ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ आश्विन ७

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP