धनगढी । बिद्यार्थीहरुको आत्मबल र मनोबल वृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिममा पहिलो पटक अन्तर विद्यालय पौडी प्रतियोगिता भएको छ । क्लब चौलानी प्रा.लि. का संचालक तथा अध्यक्ष मान सिंह साउदको पहलमा दुई दिवसीय प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा १२ वटा विद्यालयका करिब ९० जना छात्र-छात्राको सहभागिता रहेको थियो।
प्रतियोगितामा नन्दिनाज एकेडेमी, बाल्मिकी इन्टरनेशनल, एक्सिस विद्याश्रम, ग्ली एकेडेमी लगायतका विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। बिद्यार्थीहरू १० वर्ष मुनि, ११/१३ वर्ष, १४/१६ वर्ष र १७/१९ वर्षसम्मका चार एज ग्रुपमा बाँडिएको थियो। कुल २९ वटा इभेन्टहरू सञ्चालन गरिएका थिए।
प्रतियोगिताको परिणाम
नन्दिनाज एकेडेमीस् ९ वटा गोल्ड, ५ वटा सिल्वर, ९ वटा ब्रोंज मेडल जित्दै पहिलो स्थान।
बाल्मिकी इन्टरनेशनलस् ९ वटा गोल्ड, ३ वटा सिल्वर, ३ वटा ब्रोंज मेडल जित्दै दोस्रो स्थान।
एक्सिस विद्याश्रमस् १ वटा गोल्ड, ५ वटा सिल्वर, ३ वटा ब्रोंज मेडल जित्दै तेस्रो स्थान।
ग्ली एकेडेमीस् २ वटा गोल्ड र १ वटा सिल्वर मेडल जित्न सफल भयो।
प्रतियोगितामा सिसियस, ग्यालेक्सी, कैलाली मोडेल, पञ्चोदय, र त्रिनगर विद्यालयका विद्यार्थीहरूले पनि मेडल जितेका थिए।
क्लब चौलानीका अध्यक्ष मान सिंह साउदको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक सिंह रहेका थिए। नन्दिनाज एकेडेमीले नगद रु ५,५०० र ट्रफी, बाल्मिकी इन्टरनेशनलले रु ३,५०० नगद र ट्रफी, तथा एक्सिस विद्याश्रमले रु २,५०० नगद र ट्रफी प्राप्त गरेका छन्।
क्लब चौलानीले पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः एक महिना, २० दिन, र १५ दिनको स्विमिङ निःशुल्क गराएको छ।
असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर...