२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

बेलडाँडीमा वीर बहादुर बुढा (माइलो) को स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजन गरिदैं

बेलौरी  – कञ्चनपुरको बेलडाँडीमा वीर बहादुर बुढा (माइलो) को स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ । यही असोज ९ गते देखि बेलडाँडी गाउँपालिका – ५ स्थित फाँटाको खेल मैदानमा वीर बहादुर बुढा (माइलो) स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

बेलडाँडी गाउँपालिका – ५ का झिलमिलाका स्थानीय युवाहरूद्वारा प्रतियोगिता आयोजना हुन लागेको आयोजक कमिटीका सदस्य खगेन्द्र महराले बताए ।

प्रतियोगितामा कञ्चनपुरको क्षेत्र नम्बर १ का क्रिकेट टिमले प्रतिस्पर्धा गर्न पाउने छन् । आयोजक कमिटी सदस्य महराका अनुसार  प्रतिस्पर्धा सहभागी टिमबाट क्षेत्र नम्बर १ बाहिरका बढीमा ४ जना खेलाडी राख्न पाइने छ ।

खेल टेनिस बलले १५ ओभरको खेलाइने आयोजकले जनाएको छ ।  प्रतियोगितामा सहभागी हुन  चाहाने टिमलाई ५ हजार प्रवेश शुल्क तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार र उपविजेता टिमले नगद ४१ हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई मायाको चिनो दिइने छ ।

प्रतियोगिता भरमा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय, वेस्ट बलर र ब्याटस्म्यानलाई १ हजार ५ सय सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वाधिक छक्का, उत्कृष्ट क्याच  र सुपर स्ट्राइकर अफ द टुर्नामेन्टलाई समेत  पुरस्कारको व्यवस्था गरिएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP