२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको छ । राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा हुनेछ ।

सिनियर र जुनियरमा समान १–१ महिला र पुरुष तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी , २ खेल पत्रकार, १ पालिका, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिने छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।

 

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०८१ भाद्र २६

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP