२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए ।

यस खेलमा खेलको ४९औं मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अंक रहेको छ ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०८१ भाद्र १६

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP