२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

लुकाकुले गरे नापोलीमा औपचारिक सम्झौता

काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब नापोलीले भित्र्याएको छ ।

नापोलीले लुकाकुलाई ३० मिलियन युरोमा भित्र्याएको औपचारिक घोषणा गरेको छ । लुकाकुले नापोलीसँग तीन बर्षको सम्झौता गरेका छन् । लुकाकुले एक बर्षमामा नापोलीमा करिब ८ मिलियन युरो पारिश्रमिक पाउने गरि सम्झौता गरेका छन् ।

हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।

 

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०८१ भाद्र १४

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP