२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

गौरा पर्वको आज पहिलो दिन, बिरुडा भिजाइँदै

दिपायल– आज देखि गौरा पर्व सुरु भएको छ । सुदूरपश्चिमेलीहरूको महान् चाड गौरा पर्वको पहिलो दिन आज ‘बिरूडा पञ्चमी’ मनाइँदै छ । आजको दिन पाँच थरी गेडागुडी भिजाइने गरिन्छ । जस अन्तरगत ‘गहत, गहुँ, केराउ, मास र गुराँस’ आदिलाई सङ्कलन गरी विधिवत् कर्मकाण्ड विधि र ‘फाग’ ‘माङल’ गाउँदै गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप सङ्कलित ‘बिरूडा’ लाई एउटा ताम्र पत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाई माङ्गलिक पूजाआजाका साथ व्रतालु महिलाहरूबाट बिरूडा भिजाइने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जोशीले बताए।

उनका अनुसार आज बिरूडा पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीहरूलाई नै ‘बिरूडा’  भनिन्छ। पौराणिक कालमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता अनुसार गौरा पर्व मनाउने परम्परा चल्दै आएको छ ।

भगवान् शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ। यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धूमधामका साथ मनाउने गरिन्छ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुल देवता प्रसन्न हुने जनविश्वास रहिआएको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८१ भाद्र ८

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP