२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

कैलालीका सीमा नाकामा सतर्कता बढाउने दुई देशबीच सहमती

 कोरोना भाईरसको संक्रमण रोकथामका लागि कैलालीसंग जोडिएका सीमानाकामा सतर्कता बढाउने दुई देशबीच सहमती भएको छ। कैलाली र भारतको उत्तरप्रदेशस्थित लखिमपुर जिल्लाका अधिकारीविच भएको छलफलमा सो सहमती भएको हो। सो क्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र लखिमपुरका डिएम शैलेन्द्र कुमार सिंहले सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कको समेत निरिक्षण गरेका छन्।

दुवै तर्फ सतर्कता बढाउने सहमती भएको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘गौरीफन्टा र खक्रौला नाकामा आवागमन जारी भएकोले स्वास्थ्य परिक्षणलाई अझै प्रभावकारी बनाउने सहमती भएको छ। भारतले सीमा क्षेत्रमा थप उपकरण समेत व्यवस्थापन गर्ने जनाएको छ।’ अहिले गौरीफन्टा र त्रिनगर नाकामा दुई देशका नागरिकको आवागमनमा कुनै अवरोध छैन्। 

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७६ चैत्र ३

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP