२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

ग्यास लिकबाट भारतमा १३ जनाको मृत्यु : एक सयभन्दा बढी अस्पतालमा भर्ना

भरतको ग्यास फ्याक्ट्रीबाट ग्यास लिक हुँदा १३ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिक हुँदा १३ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी मानिसहरु अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका सबैको उपचार भइरहेको बीबीसीले जनाएको छ ।

एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे उक्त दुर्घटना भएको थियो। मानिसहरू सुतिरहेको समयमा उक्त ग्यास लिक भएको हो। दुर्घटनाको मारमा परेका मानिसहरुमा आँखा पोल्ने र श्वासप्रश्वासमा अप्ठ्यारो हुनेजस्तो समस्या देखिएको छ।

एलजी कम्पनीले अहिले यो घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसबाट प्रभावित भएका मानिसको शीघ्र उपचारको प्रयास पनि भइरहेको बताएको छ। यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको कारण कारखाना गत मार्च २४ देखि बन्द थियो। लकडाउनमा केही छुट दिइएसँगै यो कारखाना खुलेको थियो। कारखाना खुलेसँगै दुर्घटना भएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ बैशाख २५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP