२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

बिरामीको घरघरमा औषधि सहित नेबिसंघका नेता सिंह

डोटी- नियमित औषधि सेवन गर्ने बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको छ । लकडाउनमा बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै नेबिसंघका नेता दिपेन्द्र सिंहले बिरामीको घरघरमा गएर निःशुल्क औषधि उपलब्ध गराएका छन् ।

सिंहले मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवनका गर्ने बिरामीहरुको घरमै गएर औषधि वितरण गरिएको बताए ।


सिंहले विभिन्न ब्यक्तिहरुबाट सहयोग संकलन गरेर अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाई औषधि वितरण गरेका हुन् । उनले शनिबार शिखर नगरपालिकामा औषधि वितरण गरेका छन् ।

नगरपालिका संगको सहकार्यमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिक औषधि बितरण गरिएको सिंहले शिखर समाचारलाई बताए ।

यस अघि उनले क्वारेण्टाइनमा बसेकाहरुलाई पुस्तक वितरण गरेका थिए भने विपन्न तथा मजुरका लागि राहत पनि संकलन गरेका छन् ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७७ बैशाख २०

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP