धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी शिवपुर धाम नजिकै बसबाट हिजो राति चार जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बस मालिकले बसमा बसिरहेको अवस्थामा फेला पारेका उनीहरुलाई सोधीखोजी गर्ने क्रममा होहल्ला भएपछि प्रहरीले राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धनगढीका २४ वर्षीय दिलीप थापा मगर र टीकापुरका १९ वर्षीय राम चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुसंग पक्राउ परेका युवतीहरु काठमाण्डौंका हुन् । दुबैको उमेर करीव १७ वर्ष रहेको छ । लकडाउनका क्रममा फुलवारीमा रहेको आफन्तको घरमा आएका उनीहरु काठमाण्डौं जान बस खोज्ने क्रममा हिजो दिउसो चार बजे दिलीप र रामको सम्पर्कमा आएका थिए ।
राम र दिलीप सोही बसका कर्मचारी हुन् । उनीहरुले काठमाण्डौं पुर्याईदिने भन्दै राति बसमा राखेर चिसो खुवाएको र त्यही क्रममा बस मालिकले उनीहरुलाई भेटेपछि होहल्ला हुदा स्थानीयले प्रहरीलाई खवर गरेको थियो ।
स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
बस मालिकले ती युवतीको मोवाईल फुटाएको बताईएको छ । प्रहरीले उनीहरुलाई सोधपुछ पछि आज छोड्ने जनाएको छ ।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...