२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुराका दाजुभाइ भारतमा बेपत्ता

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्।

भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्।

उनीहरु गत जेठ ३ बाट सम्पर्क विहीन भएका हुन्। अर्जुनकी श्रीमती जाना रावतका अनुसार उनीहरुले पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको भनेका थिए। खबर आएको तीन घण्टापछि दुर्ब जना सम्पर्क विहीन भएका हुन्।

बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई समेत हारगुहार गर्दै आएका छन्। छोराछोरी पढाउन र घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारतको पौडी पुगेका थिए।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८० असार १७

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP