२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

लडकाउनको एक महिना पूरा, ४५ संक्रमित मध्य ७ जनाले जिते कोरोना

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।

थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बताए ।

सातजनालाई निको

त्यसैगरी, अहिलेसम्म सातजना उपचारपछि निको भइ घर फर्केका छन् ।

बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुईजना ‘डिस्चार्ज’ भएका छन् ।

मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए ।

अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा. देवकोटाले बताए ।

त्यस्तै, ‘आरडीटी’बाट ३१ हजार ४२० गरी जम्मा परीक्षणको संख्या ४० हजार ४३१ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घन्टामा तीन हजार ७३६ ओटा परीक्षण गरिएको पनि बताएको छ ।

८ हजार ५९५ जना ‘क्वारेन्टाइन’मा रहेका बताउँदै डा. देवकोटाले काठमाडौंमा तीनसहित देशभर ९५ जना ‘आइसोलेसन’मा रहेका जानकारी दिए । हाल २६९ जना ‘रेड जोन’मा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले १८ प्रकारका औषधि २३ टन भारतबाट प्राप्त गरेको र चीनबाट पीसीआर मेसिन दुईओटासहितका स्वास्थ्य सामग्री तातोपानीबाट ल्याउँदै गरेको पनि बताएको छ ।

उदयपुरमा मात्रै २७ संक्रमित

दयपुरको भुल्के मस्जिदबाट सबैभन्दा पहिलोपटक स्वाप नमुना परिक्षण गरिएको १६ जना सबैमा कोरोना पोजेटिप पुष्टि भयो । यसअघि  १३ जनाको पुष्टि भइसकेको थियो भने आज बाकी ३ जनाको पनि पुष्टि भएको हो ।

१३ जना संक्रमित पुष्टि भएपछि विराटनगरको एक क्वारेन्टाइनमा राखिएका ती ३ जनालाई आज धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।थप यी ३ जना पनि पोजेटिभ पुष्टि भएपछि अव उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

सुरूमा स्वाप परिक्षण गरिएका १६ मध्ये १३ जनामा पाेजेटिभ देखिएपछि, भुल्केकाे मस्जिदबस्तीमा ५३ घर मुस्लिम समुदाय र छेउछाउका अन्य समुदाय गरी ३ सय २० जनाकाे स्वाप नमुना संकलन गरिदा १२ जनाकाे पाेजेटिभ देखियाे । बाँकि ३ जनाकाे पनि पुष्टि भएपिछ भुल्केमै कुल २८ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

कोरोना रोकथामका लागि सरकारले लडकाउन घोषणा गरेको आज एक महिना पूरा भएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ बैशाख १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP