२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुरामा नेबिसघं र अनेरास्ववियु बिच झडप, प्रहरीद्धारा हवाई फाएर

बाजुरा – बाजुरामा विद्यार्थी संगठनहरुबीच झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको हो ।

नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको छ ।

स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास र हवाई फायर गरेको डीएसपी बोहोराले जानकारी दिएका छन ।

बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिए । दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको जानकारी दिए ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७९ चैत्र ५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP