२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने रास्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले ३ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना slcoce@hotmail.com मा पठाउन आग्रह गरेको छ ।

कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।

Related News

धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै
धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै
  • २०७७ बैशाख ४

धनगढी – धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजदेखि सुरु...

TOP