२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

प्रतिनिधि सभामा २ हजार ४९४ र प्रदेश सभामा ३ हजार ४२३ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ४ सय २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले हिजो आइतवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । प्रतिनिधि सभाअन्तर्गत देशभर २ हजार २ सय ९१ पुरुष र २ सय ३३ महिला गरी कुल २ हजार ४ सय ९४ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश सभातर्फ ३ हजार १ सय २३ पुरुष, २ सय ९५ महिला र अन्य १ गरी जम्मा ३ हजार ४ सय २३ जनाको उम्मेदवारी परेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको र पूरा सूची आज मात्रै आउने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरेका थिए । उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २४

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP