
दिपायल- नेपाली कांग्रेस डोटीको पालिका कमिटीहरुले गठबन्धनका उम्मेदबारलाई भोट नहाल्ने निर्णय गरेको छन् । मंगलबार पार्टीकार्यालयमा जिल्लाका ९ वटै पालिका पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकले गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार नगर्ने र भोट नहाल्ने निर्णय गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिकाका नगर कमिटी सभापति गणेश मलासीको सभापतित्वमा बसेको बैकमा जिल्लाका नौ वटै पालिकाका सभापति तथा पदाधिकारीहरुको सभागिता रहेको थियो ।
बैठकले कांग्रेस केन्द्रीय कमिटीले डोटीमा गठबन्धन गर्न गरेको निर्णय नमान्ने जनाउँदै डोटी कांग्रेसको मर्म विपरित गरिएको निर्णयका विरुद्ध गएर प्रचार प्रसार र मतदान नगर्ने जनाएको हो । जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परीणाम अनुसार गठबन्धन आवश्यक नरहेको बैठकको निष्कर्ष छ ।
विगतमा कांग्रेसका विरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि हालतमा स्वीकार्न नसकिने सभापति मलासीले बताए । गठबन्धनका नाममा कांग्रेसलाई क्षति हुनबाट बचाउन र डोटेली मतदाताको आवश्यकता, चाहनाको कदर गर्दै अगाडी बढ्ने अठोटका साथ सम्पूर्ण पालिका सभापति तथा पदाधिकारीको सल्लाह अनुसार गठबन्धन नगर्न केन्द्रीय समितिलाई दवाव दिने निर्णय भएको उनले बताए ।
यस अघि जिल्ला कार्य समितिले समेत गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको थियो । कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो । जिल्लाका सबै भातृ र शुभेच्छुक संगठनहरुले समेत गठबन्धन स्वीकार्य नहुने जनाउँदै आएका छन् ।
केन्द्रीय कमिटीले जवरजस्ती लाद्न खोजेको निर्णयले कांग्रेसका नेताहरुमा अन्यौल्ता छाएको छ । जिल्लाका नेताहरुलाई बाहीर पठाएर समाजबादीलाई जिल्ला सुम्पिन खोजेको भन्दै चर्को बिरोध छ । केन्द्रले गठबन्धनको निर्णय नसच्याए विद्रोही उम्मेदवार खडा गरेर निर्वाचनमा जाने प्रवल सम्भावना रहेको छ ।
गठबन्धन भित्रको तिक्तताका कारण जिल्लामा स्वतन्त्र उम्मेदवार अथवा नेकपा एमालेले गोल्डेन चान्स लिने सम्भावना रहेको चर्चा सुरु भएको छ ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...