दिपायल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं “जनताको साथमा कांग्रेस” अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले डोटीमा गठबन्धन आवश्यक नरेको कुरा केन्द्रीय कार्यसमितिमा पुर्याउने बताउनु भयो ।
बडीकेदार गाउँपालिकामा आयोजित “जनताको साथमा कांग्रेस” अभियानलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी सभापति शेर बहादुर देउवालाई डोटीमा गठबन्धन नगर्न सुझाव दिने बताउनु भएको हो ।
डोटीका नेताकार्यकर्ताहरु गठबन्धनका विरुद्धमा रहेको र जिल्लामा कांग्रेसको अवस्था बलियो रहेको बताउँदै वडले गठबन्धन भए कांग्रेसलाई नै नोक्सानी हुने अवस्था आउने उनले बताए ।
देशमा गठबन्धनको आफ्नो लक्ष र वाध्यता छ,’ उनले भने,’संविधान र देश जोगाउन पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन आवश्यक छ । तर, डोटीमा गठबन्धन गरेर अन्य पार्टीका नेतालाई टिकट दिइयो भने गठबन्धन कांग्रेसका लागि घातक हुनसक्छ । तसर्थ यहाँको अवस्था र यहाँका मतदाताको चाहनालाई मध्यनजर गर्दै डोटीका तीनवटै सिटमा कांग्रेसलाई टिकट दिन जरुरी छ । हैन भने कांग्रेसले एक्लै चुनावमा जान पाउनु पर्दछ । की त गठबन्धनका दलहरु बीच स्थानीय तह जस्तै मित्रवत प्रतिस्पर्धा हुन पर्छ ।’
डोटीका मतदाताहरुमा सबैभन्दा बढी त्रास गठबन्धनको छ । गठबन्धनका नाममा गलत व्यक्ति र पार्टीलाई भोट हाल्न नसक्ने भनेर मतदाताहरु भनिरहेका छन् ,’केन्द्रीय सदस्य वडले भने,’यसो भयो भने झन् अरूले फाइदा उठाउन सक्ने अवस्था आउँछ । तसर्थ डोटीमा गठबन्धन भयो भने कांग्रेसकै लागि घातक हुन सक्ने र कांग्रेसले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउँछ । म यही सन्देशलाई लगेर केन्द्रीय सभापति तथा केन्द्रीय कार्यसमितिमा राख्ने छु । डोटीमा गठबन्धन नगर्न दबाब पनि दिने छु।’
सिलगढीमा जिल्ला स्तरीय “जनताको साथमा कांग्रेस” कार्यक्रम सञ्चालन गरेर अभियानको सुरुवात गरेको कांग्रेसले जिल्लाका ९ वटै पालिकामा अभियान सञ्चालन गरेको छ । शुक्रबार बडीकेदार गाउँपालिकामा अभियान सञ्चालन गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको पार्टी सभापति नरेन्द्र बहादुर सिंहले जानकारी गराए । लगत्तै दोस्रो चरणको कार्यक्रम हुने उनले बताए ।
अभियानका केन्द्रीय प्रतिनिधिका रूपमा डोटीमा खटिएका वडले जिल्लामा रहँदा कार्यक्रममा सहभागी जनाउनुका साथी स्थानीय मतदाता, नेताहरु र सर्वसाधारण जनताहरूसँग पनि भेटघाट गरेका थिए । यो बीचमा गठबन्धन दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको थियो । वडले जिल्लाको समग्र अवस्थाका बारेमा केन्द्रीय कमिटीमा रिपोर्ट पेश गर्ने छन् ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...