२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

गठबन्धन विरुद्ध डोटी कांग्रेस

दिपायल- नेपाली कांग्रेस डोटीका नेता तथा कार्यकर्ताहरु गठबन्धनको विरद्धमा उभिएकाछन् । पार्टीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गरेका हुन् ।

कांग्रेसका भातृ, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णय विरुद्ध उभिएका हुन् । डोटीमा ९० प्रतिसत मत कांग्रेससँग रहेको दाबी गर्दैे जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनी समेत दिएका छन् ।

जिल्लाको पार्टी नेतृत्व पनि गठबन्धन गरेर अन्य पार्टीलाई टिकेट दिएको स्वीकार गर्ने पक्षमा देखिदैन । स्थानीय नेताकार्यकर्ताहरु पनि कांग्रेसको चुनाव चिन्ह बाहेक अन्त भोट नहाल्ने जनाउदै आएका छन् ।

डोटीमा गठबन्धन गरेर चुनाव लडेको अवस्थामा कांग्रेसले ठुलो घाटा बेहोर्नुपर्ने पूर्वीचौकी गाउँपालिकाका सभापति बलबहादुर खड्काले बताए । “स्थानीय तहको निर्वाचनमा गठबन्धन बिना कांग्रेसले ल्याएको लोक प्रियमत हेर्ने हो भने कुनै पार्टीसँग गठबन्धन गर्न आवश्यक छैन,‘उनले भने,‘कांग्रेससँग आस्थावान मतदाताले रुख बाहेक अन्त मतदान गर्नेवाला छैनन् । जिल्लाका नेताकार्यकर्ताहरुको चाहना बिपरित गठबन्धन गरियो भने कांग्रेसले ठुलो क्षति बेहोर्नु पर्ने हुनसक्छ ।”

नेवि संघका नेता राजेश ठगुन्नाले जिल्लामा गठबन्धन गरेर अन्य पार्टीको उमेदबारलाई भोट हाल्नुपर्ने अवस्था सृजना भयो भने कांग्रेसका मतदातालाई होल्ड गराउने चेतावनी दिए । डोटीमा गठबन्धन भए पनि नभए पनि तीन वटै सिटमा कांग्रेसले उमेदबार पाउनु पर्ने बताउँदै उनले भने,‘सत्ता साझेदार दलसंग जिल्लामा झिनो मत छ । उहाँहरुले पनि आफ्नो अवस्था हेरेर सिट माग्नु पर्दछ । गठबन्धन नै गर्ने हो भने पनि डोटीमा कांग्रेसलाई सहयोग गर्नु पर्दछ । हैन भने नेपाली कांग्रसप्रति आस्थावान मतदाताहरुले रुख बाहेक अन्त मतदान गर्न सक्दैनन् । गठबन्धनका नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरियो भने नेविसंघले मतदातालाई मत हाल्न रोक लगाउनले र मत होल्ड गरिनेछ ।”

तरुणदलका अध्यक्ष टेक रावलले कांग्रेसको अस्तित्व मेटिने गरेर गठबन्धन गर्न नहुने बताए । “कांग्रेसमा लामो समय त्याग तपस्या र राजनीति गरेका थुप्रै नेताकार्यकर्ताहरु छन् । पार्टी भित्रैका नेताहरुलाई टिकटको व्यवस्थापन गर्न हम्मेहम्मे छ । गठबन्धन गरेर अन्यपार्टीका नेताहरुलाई टिकट दिइयो भने डोटी कांग्रेसलाई अन्याय हुन्छ । डोटीमा गठबनधन उचित पनि छैन उपयुक्त पनि छैन,‘उनले भने ।”

अन्यदलको तिव्र महत्वकांक्षा अनुसारको गठबन्धन स्वीकार्न नसकिने पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए । “गठबन्धन आवस्यकता, अस्तित्व, क्षमता र जनमत अनुसार हुने हो,‘उनले भने,‘हामीसँग गठबन्धन गरेर आफु फाइदा लिनखोज्ने तर कांग्रेसको जनमतको कदर नगर्ने अवस्था आयो भने गठबन्धन कदापी स्वीकार्न सकिदैन । गठबन्धन नै कायम गर्नु पर्ने हो भने कांग्रेसका तीन वटै सिटमा सहमति जनाएर अन्य दलले सहयोग गर्नु पर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले डोटीका जनता, मतदाता र नेताकार्यकर्ताहरुको मनोभावना अनुसार मात्र गठबन्धन हुने बताए । डोटी कांग्रेसका नेता, कार्यकर्ता र मतदाताले चाहेनन् भने जिल्लामा गठबन्धन नहुने बताउँदै उनले अहिले नै गठबन्धन हुन्छ भनेर नआत्तिन अनुरोध गरे ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०७९ भाद्र ११

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP