दिपायल — डोटीको पूर्वीचौकी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एकै दिन दुई जना घाइते भएका छन्।
पूर्वीचौकी गाउँपालिका–२ भारतोलीमा कालिका आधारभूत विद्यालयमा कार्यरत ३४ वर्षीय शिक्षक हरि प्रसाद चौधरीलाई बिहीबार बिहान पूजा गरेर फर्किने क्रममा भालुले आक्रमण गरेको हो। आक्रमणबाट उनको पेट र दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही वडाका ६४ वर्षीय दान सिंह ओलीलाई पनि बिहान आफ्नै खेतबाट फर्किने क्रममा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुवै जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चौधरीको अवस्था सामान्य र ओलीको अवस्था मध्यम रहेको छ।
आज बिहान ५ बजेको समयमा ओलीमाथि आक्रमण गरेको भालुले आजै बिहान ६:५३ बजे शिक्षक चौधरी माथि आक्रमण गरेको हो ।
एकै दिन छोटो समयको अन्तरालमा दुई जनामाथि भालुको आक्रमण भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।
दिपायल — डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते भएका छन्...