२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

यी हुन् राष्ट्रपतिबाट विभूषित डोटीका १० जना


दिपायल- संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा देशभरीका ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । त्यसमध्य डोटीमा कार्यरत र डोटी घर भएका १० जना राष्ट्रपतिबाट विभूषित हुने भएका छन् ।

मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय पछि गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको नामावली अनुसार डोटीका १० जना विभूषित हुने छन् ।

शिखर नगरपालिका– ९ का शिक्षा सेवी प्रा.डा. हेमराज पन्त सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित हुने भएका छन् । बडीकेदार गाउँपालिका–१ का समाजसेवी पदमराज जोशी, कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक बागवानी विकास अधिकृत यज्ञराज जोशी र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डोटीका प्रमुख पशु विकास अधिकृत खडक बहादुर शाह प्रवल जनसेवाश्री पदकद्वारा विभूषित हुने भएका छन् ।

त्यस्तै रेडियो नेपालका कार्यक्रम प्रस्तोता मुकुन्द भण्डारी, शिखर नगरपालिका– ३ का कलाकार सनम कठायत, खेलकुद प्रवर्तक दिपायल सिलगढी नगरपालिका–६ का जगत बहादुर खड्का र जिल्ला अस्पताल डोटीका सिनियर नर्सिङ्ग लक्ष्मी पन्त जनसेवाश्री पदकद्वारा विभूषित हुने भएका छन् ।

जनसेवाश्री पदकबाटै जिल्ला प्रशासन कार्यालय डोटीका नायव सुब्बा राजन केसी र आदर्श गाउँपालिकाका व्यवसायी मोहनराज ओझा पनि विभूषित हुने भएका छन् ।

घोषणा गरिएको विभूषण वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिने छ । राष्ट्र र जनताको पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तिहरुलाई हरेक वर्ष संविधान दिवसमा विभूषित घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने व्यवस्था छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन ३

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP