२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, संविधान दिवसमा ९९८ जना विभूषित 

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन्। 

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ। महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको हो।

स्व‍. पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न पुरस्कारबाट विभूषित गरिएको छ।

त्यस्तै, जीवराज आश्रित, खिलराज रेग्मी, सत्यमोहन जोशीलाई राष्ट्रिय गौरवबाट विभूषित गरिएको छ। संस्कृतिमान जगमान गुरुङ सुप्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको छ।

प्रशिद्ध प्रवल जनसेवा श्री ४ जना निर्वाचन आयुक्त रहेका छन्। निर्वाचन आयुक्तहरु इश्वरी प्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर राणालाई प्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको हो। त्यस्तै, सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानसहित १४ जना प्रसिद्ध प्रवल जनसेवा श्रीबाट विभूषित भएका छन्।

त्यस्तै, नीर शाह, राजेश हमाल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कुलमान घिसिङ, अर्थसचिव कृष्णहरी पुष्कर, बैरागी काँइलादेखि व्यवसायी चन्द्र ढकालसमेत १७ जनाले सुकीर्तिमय राष्ट्रदीप पुरस्कार प्रदान गरिएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP