
दिपायल – जिल्ला वन क्षेत्र समन्वय समितिको पहिलो बैठक सिलगढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिमा बिहीबार बसेको बैठकले जिल्लामा हुने गरेको जमिन अतिक्रमण रोक्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, डिभिजन वन कार्यालय, खप्तड राष्ट्रिय निकुञ्ज, भु–संरक्षण, गैस सरकारी संस्था, पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय जिल्लामा वन तथा सार्वजनिक जमिन अतिक्रमण बढेकाले त्यसलाई रोक्न पहल गर्ने बैठकले निर्णय गरेको हो । त्योसँगै चोरी सिकारी समेत नियन्त्रण गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...