२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

रोनाल्डोले पाँचौ पटक विश्वकप खेल्ने

काठमाडौं – ३७ वर्षीय स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले लगातार पाँचौं विश्वकप खेल्ने भएका छन्।

मंगलबार राति भएको कतार विश्वकप २०२२ को युरोपेलि छनोटको प्लेअफको निर्णायक खेलमा पोर्चुगलले म्यासेडोनियालाई २-० ले पराजित गरेपछि रोनाल्डोलाई विश्वकपमा देखिने पक्का भएको हो। मंगलबार राति भएको युरोपियन प्लेअफको फाइनलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दा पोर्चुगलका ब्रुनो फर्नान्डेसले दुबै गोल संभव बनाए।

युरो च्याम्पियन इटालिलाई पराजित गर्दै सनसनिपुर्ण रुपमा फाइनलमा पुगेको म्यासेडोनिया पोर्चुगलविरुद्व भने सोहि रवाफ कायम राख्न असफल भयो।

खेलमा ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसअघि पेनाल्टी क्षेत्र भित्रबाट वान भर्सेस वानमा गरेको प्रहार रोनाल्डोले सदुपयोग गर्न नसक्दा पोर्चुगल अग्रताबाट चुकेको थियो।

त्यसपछि पनि पोर्चुगलको गोलका प्रयास गरेपनि पहिलो हाफमा १-० को अग्रता कायम रह्यो।

तर दोस्रो हाफमा अग्रता दोब्बर बनाउने क्रममा ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई ब्रनोले सदुपयोग गरेका थिए। यो जितसँगै पोर्चुगल छैटौं पटक विश्वकपमा स्थान बनाउन सफल भयो। उसको जितसँगै स्टार फुटबल रोनाल्डोले लगातार पाँचौ पटक विश्वकप खेल्ने पक्का भयो साथै उनको कतार विश्वकप अन्तिम हुने आँकलन समेत गरिएको छ। एजेन्सी

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०७८ चैत्र १६

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP