२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज,उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स भिड्दै

धनगढी – सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०७८ फाल्गुन २८

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP