२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं – पाटे बाघको आक्रमणबाट  बर्दियामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको बर्दिया प्रहरीले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ फाल्गुन ११

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP