२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास


डोटी – बाजुरामा सशस्त्र प्रहरी बल नेपाल ( आश्रित गुल्म) को भवन शिलान्यास गरिएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल र सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गण हेड क्वाटर डोटीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर विष्टले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल न. ४९ हेडक्वाटर अछामका गुल्मपति जगदिशराज जोशी, आश्रित गुल्म बाजुराका गुल्मपति दीपक बहादुर विष्ट लगायत नेपाल प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागीय नीति निर्देशन तथा समसामयिक विषयमा ब्रिफिङ गरिएको थियो ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ माघ २१

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP