२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेको डा गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको हो । डा. केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् ।

डडेल्धुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०७८ माघ ११

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP