२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

आइसोलेसनमा मृत्यु भएका थापाको आफन्तले शव बुझेन

रुपन्देही । चैत १६ गते पाल्पा स्थायी घर भई हाल रुपन्देहीको सैनामैनामा वस्दै आएका वावुराम थापाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु हुन पुग्यो । श्रीमानको मृत्युले अहिले मृतक थापाकी धर्मपत्नी रिता थापा भावह्विल वन्न पुगेकी छिन् । वैदेशिक रोजगारीका लागि युईए गएकमा ३४ वर्षीय बाबुराम थापा चैत ६ गते घर आएका थिए । 

चैत ६ गते घर आएका थापालाई भोलिपल्ट ज्वरो आएको उनकी धर्मपत्नी रिताको भनाई रहेको छ । धर्मपत्नी रिताका अनुसार मुर्गियाको आचार्य मेडिकलमा ल्याव परिक्षण गराउँदा आफ्नो श्रीमानलाई टाईफाई देखिएको र सोही अनुसार औषधि चलाईएको वताउँछिन् । 

धर्मपत्नी थापा भन्छिन, मुर्गियामा उपचार गरेपछि राम्रो भएको र पुन. थापालाई ज्वरो आएपछि थप उपचारका लागि चैत १३ गते ई–रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनलाई कोरोना भाईरसको आशंकामा आईसोलेसनमा रहेर उपचार गर्नुपर्ने भन्ने सल्लाह अनुसार उनी चैत १३ गते नै कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएको उक्त अस्पतालले जनाएको छ । 

श्रीमानको मृत्युको खवर सुनेपछि हतार–हतार कोरोना विशेष अस्पताल गएकी मृतक थापाकी धर्मपत्नी रीताले अझै सम्म पनि आफ्नो श्रीमानको मुख हेर्न नपाएको दुखेसो पोखिन् । आफ्नो श्रीमानको मुख हेर्न आफुले धेरै पटक अस्पताल संग अनुरोध गर्दा पनि मुख हेर्न नदिएको धर्मपत्नी थापाले हाम्रा डट कम संगको कुराकानीमा गुनासो गरिन् । 

कुराकानीका क्रममा उनले अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै उचित छानविन हुनुपर्ने र आफुले न्याय पाउनु पर्ने माग गर्दै, आफ्ना माग पुरा नभए सम्म श्रीमानको पार्थिव शरिर नवुझ्ने उनको अडान रहेको छ ।

श्रीमानको मृत्युले रिता अहिले दुई सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले थप दुखित हँुदै गएकी छिन् । यसैविच पछिल्लो समय घरपरिवारले शव नवुझेपछि अव मृतक थापाको पार्थिव शरिरको व्यवस्थापन वारे कोरोना विशेष अस्पतालले के गर्दैछ भन्ने वारेमा थप जानकारी लिनलाई मंगलवार देखि कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापा र रुपन्देहीका जिल्ला प्रमुख अधिकारी महादेव पन्थलाई वारम्वार फोन गर्दा नउठेपछि समाचार लिन केही समस्या भएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७६ चैत्र १९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP