

डोटी- डोटीका ४७.९८ प्रतिशतले मात्र कोरोना खोपको दोस्रो डोज लगाएका छन् । जिल्लाका एक लाख ८ हजार ९४ जनालाई खोप लगाउँने लक्ष रहेकोमा हाल सम्म ९१ हजार ३ सय ४० जनाले पहिलो डोज लगाएका छन् भने ती मध्य ६१ हजार ४ सय ६२ जनाले मात्रै खोपको दोस्रो डोज लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार २०७७ माघ १४ देखि हाल सम्म लक्षित जनसंख्या (१८ वर्ष माथी) मध्य जिल्लाका ७१.३१ प्रतिशतले खोपको पहिलो डोज र ४७.९८ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।
१८ वर्ष भन्दा माथीको लक्षित जनसंख्या मध्य ६६ हजार ६ सय ३२ जनाले अझै पूर्ण खोप लगाएका छैनन् । जिल्लामा खोपको मात्र पर्याप्त भए पनि धेरै जनाले दोस्रो डोज नलगाएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डिल्ली रमण जोशीले बताए । ‘हामीले खोप लगाउँन छुटेका र दोस्रो डोज नलगाएका व्यक्तिहरुलाई अनिवार्य खोप लगाउँने भनेका छौं,‘उनले शिखर समाचारसँग भने,‘हामीलेसँग खोपको अभाव पनि छैन । खोप छुटेका सबैलाई खोप अनिवार्य लगाउन अनुरोध गर्दछौं ।’

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पछिल्लो समय कोरोनाको नयाँ भेरिएण्ट तिब्र रुपमा फैलिरहेको बताउँदै डोटी पनि त्यसको उच्च जोखिममा रहेका बताए । उनले जिल्लामा पर्याप्त मात्रामा खोप उपलब्ध गरेको बताउँदै छुटेका व्यक्तिहरुलाई अनिवार्य खोप लगाउन अनुरोध गरेका छन् । उनले जिल्ला स्वास्थ्य कार्यालय लगायत मातहतका निकायलाई खोप अभियान तिब्र रुपमा सञ्चालन गर्न भनेका छन् ।
पहिलो मात्राको खोप लगाएका व्यक्तिहरु कामको खोजिमा भारत लगायत अन्यन्त्र गएका कारण केही व्यक्तिहरुको दोस्रो खोप छुटेको हुन सक्ने शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमु्ख हरिष शाहले बताए । आफुहरुले खोप लगाउँन छु्टेका व्यक्तिहरुलाई घरमै गएर खोप लगाउने गरेका बताउँदै केही दिनमा सबैले पूर्णखोप प्राप्त गर्ने बताए ।

पहिलो खोप लगाएको समया अबधि नप्ुगेका कारण दोस्रो खोप लगाउन नसकिएको आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम खड्काले बताए । अबधि नपुगेका व्यक्तिहरुले दोस्रो खोप नपाएका कारण पनि तथ्याङ्कमा दोस्रो खोप लगाउन छुटेको देखिएको हो,‘उनले भने,‘माघमा छुटेका सबैलाई दोस्रो खोप लगाइने छ ।’
जोरायल गाउँपालिकाको लक्षित जनसंख्या १३ हजार २ सय मध्य पहिलो खोप १० हजार ८ सय २९ जनाले लगाएका छन् भने दोस्रो खोप ८ हजार ५ सय ८३ जनाले मात्रै लगाएका छन् । बोगटान गाउँपालिकाको लक्षित जनसंख्या १० हजार ७ सय ५५ मध्य पहिलो खोप ६ हजार ५ सय ६ जनाले लगाएका छन् भने दोस्रो डोज ३ हजार ५ सय ८४ जनाले मात्र लगाएका छन् ।
त्यस्तै पूर्वीचौकी गाउँपालिकाको लक्षित जनसंख्या १३ हजार ३ सय ७५ मध्य पहिलो खोप ८ हजार ९ सय ४५ जनाले लगाएका छन् भने दोस्रो डोज ४ हजार एक सय ५४ जनाले मात्र लगाएका छन् ।
बडीकेदार गाउँपालिकाको लक्षित जनसंख्या १० हजार ७६ मध्य पहिलो खोप ६ हजार ९ सय ७९ जनाले लगाएका छन् भने दोस्रो खोप ४ हजार ५ सय ५८ जनाले मात्र लगाएका छन् । दिपायल सिलगढी नगरपालिकाको लक्षित जनसंख्या २२ हजार ४ सय ३६ मध्य पहिलो खोप १८ हजार ४ सय २९ र दोस्रो खोप १४ हजार ३ सय ३१ जनाले मात्र लगाएका छन् । सायल गाउँपालिकाको लक्षित जनसंख्या ११ हजार ६ सय ४१ मध्य पहिलो खोप ७ हजार १ सय ६९ र दोस्रो डोज ३ हजार ६ सय ५० जनाले मात्र लगाएका छन् ।
शिखर नगरपालिकाको लक्षित जनसंख्या १९ हजार ५ सय ८८ मध्य पहिलो खोप १४ हजार १ सय ३४ जनाले लगाएको पाइन्छ भने दोस्रो डोज १२ हजार १६ जनाले मात्र लगाएका छन् । आदर्श गाउँपालिकाको लक्षित जनसंख्या १४ हजार ५ सय २४ मध्य पहिलो खोप ९ हजार ७ सय ११ र दोस्रो डोज ६ हजार ६१ जनाले मात्र लगाएका छन् । त्यस्तै केआईसिंह गाउँपालिकाको लक्षित जनसंख्या १२ हजार ४ सय ९९ मध्य पहिलो खोप ८ हजार ६ सय ३८ जनाले लगाएका छन् भने दोस्रो खोप ४ हजार ५ सय २७ जनाले मात्र लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...