२०८३ श्रावण १४, बिहीबार
July 30, 2026, Thursday

संक्रमितको नमूना लिन गएको विमान दुर्घटना

नेपालगञ्ज– बाँकेको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। 

शनिबार मध्यान्ह राँझा विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको वाइ-१२ विमान दुर्घटनामा परेको हो। कोरोना भाइरसको सम्भावित संक्रमितको नमूना लिन गएको उक्त विमान अवतरणका क्रममा चिप्लिएर धावनमार्गबाट घाँसे मैदानमा पुगेको थियो।

विमान चिप्लिएर घाँसे मैदानमा गएर रोकिएकाले कुनै मानवीय क्षति भने हुन नपाएको राँझा विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

‘तीव्र हावा चलेको र विमानमा पनि केही समस्या आएकाले धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेकाे हो,’उनले भने,’ घाँसे मैदानमा गएर रोकिएकाले कुनै क्षति हुन पाएन।’ 

उनका अनुसार विमान काठमाडाैंबाट मेडिकल सामग्री लिएर आएको थियो। सरकारले कोरोना परीक्षणका लागि संकलित नमूना लिन नेपालगजञ्जसहित केही ठाउँमा विमान पठाएको छ।  

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र १५

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP