२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कञ्चनपुरमा कुलतमा फसेका किशोरलाई सुधार गृह पठाइदै

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्ट र कलावति भट्टले सानै उमेरमा कुलतमा फसेका एक किशोरको उद्धार गरी आज सुधार गृहमा पठाएका छन्। व्यवसायी भट्ट दम्पतीले ती किशोरका परिवारको सहमतिमा सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने गरी आफ्नै गाडीमा राखेर त्यसतर्फ पठाएका हुन्। झलारीकै मुक्ति टोलका १३ वर्षीय किशोर सानै उमेरमा बजार क्षेत्रमा रहेका पसलबाट मादक पदार्थको चोरी गरि सेवन गर्ने कार्यमा संलग्न रहेका थिए। घर परिवारका सदस्यले किशोर कुलतमा फस्न थालेपछि घरमै बाँधेर राख्ने गरेका छन्। बाँधिएको साङ्लोसहित बजार क्षेत्रमा पुगेर किशोरले चोरी गर्न छाडेका थिएनन्।

“आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन सकेका थिएनौँ”, किशोरकी आमा यसोदा रानाले भनिन्, “घरको एक्लो छोरो सानै उमेरमै कुलतमा फसेपछि निकै चिन्तित थियौँ। छोरालाई सुधार गरिदिने वाचाका साथ भट्ट दम्पतिले सुधार गृहमा पठाएकोमा खुसी छौँ।” कुलतमा फस्न थालेपछि छोरालाई सुधार गर्न घरमै बाँध्ने कार्य गरेपनि डोरी, साङ्लो सहित बजार क्षेत्रमै पुग्न थालेको उल्लेख गर्दै उनले भगवान बनेर भट्ट दम्पतीले घरमै पुगेर सुधार गर्ने प्रस्ताव गर्दा नर्कान नसकिएको बताइन्। “भट्ट दम्पती हाम्रा लागि भगवान बनेर आए”, उनले भनिन्, “छोरालाई सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने बचनवद्धता गरी सुधार गृहमा आफनै गाडीमा राखेर पठाएका छन्। छोरो सुधार हुनेमा आशाबादी छौं। खुसीको सीमा छैन।”

“एक जना किशोर कुलतमा लाग्दा सयौं बालबालिका प्रभावित हुन सक्छन”, व्यवसायी गगनराज भट्टले भने, “यसतर्फ सवै अभिभावकले सचेत हुनु जरुरी छ। समाजमा आर्थिक रुपमा विपन्नता भएका व्यक्तिहरुको सहयोगका लागि सबैले अगाडी आउनुपर्छ। यही नै मानवीय गुण हो।” कमाएको केही पैसा मानवीय सहयोगका रुपमा खर्च गर्न पाउँदा गर्वको अनुभूति भएको उनले बताए। भट्ट दम्पतिको झलारी बजारमा होटल, सुनचाँदी व्यवसायसँगै बङ्गुर फार्म पनि सञ्चालनमा छन्।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७८ मंसिर २९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP