२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुरामा अटोरिक्सा दुर्घटना, २ जनाको मृत्यु

बाजुरा – बाजुरामा अटो रिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिकाको थुवाकाँधमा भएको दुर्घटनामा परि सोही नगरपालिकाका पूर्व शिक्षक खगेन्द्र उपाध्याय र प्रकाश नेपालीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते दुई जनाको अवस्था सामान्य रहेको छ । अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा तिर जादै गरेको अटो आईतबार साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा खसेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ मंसिर २०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP