२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

कैलाली- धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनलमा पुगेको डडेल्धुरालाई ३(० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो।

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ। यस्तै डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो।

Related News

TOP