२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

कोरोना संक्रमित युवा युएईबाट आएको पुष्टि

गत चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका कोरोना संक्रमित युवा धादिङका रहेको खुलेको छ।

बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मलेनमार्फत् ३२ वर्षीय ती युवा धादिङका रहेको बताएका हुन्।

यसअघि बुधबार दिउँसोको प्रेस ब्रिफिङका क्रममा मन्त्री ढकालले संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए। साँझ स्वास्थ्य मन्त्रालयले उनी कतारबाट नभई सारजाहबाट आएको भन्दै विज्ञप्ति निकालेको छ ।

सारजाह एयर अरेबियाको उडान नम्बर जी-९५३७ बाट काठमाडौं आएका उनी होटलमा बसेका थिए। तर मंगलबार उनलाई ज्वरो देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा हिजो राति १२ बजे नतिजा पोजेटिभ आएको हो।

मन्त्री ढकालले उनीसँगै होटलमा रहेका सबै सम्भावितहरूको सरकारले खोजी गर्ने र उनीहरूको पनि खोजी गरेर क्वारेन्टाइनमा राख्ने र परीक्षण गरिने बताए।

योसँगै नेपालमा कोरोना तीन जनामा कोरोना संक्रमण देखिएको छ।

गत चैत ४ गते पनि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

त्यस अगाडि चीनबाट आएका एक नेपाली युवामा पनि कोरोना पुष्टि भएको थियो। उक्त युवाको परीक्षण गर्न हङकङ पठाइएको थियो।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७६ चैत्र १२

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP